यौनसम्बन्धमा प्राक्क्रीडाको महत्त्व
डा. राजेन्द्र भद्रा
संसारमा भएका सुखहरूमध्ये शायद यौनसुख नै मानवले प्राप्त गर्ने सर्वोत्कृष्ट सुख हो । यसको प्राप्तिको लागि सबै व्यक्ति लाग्नु र सचेत हुनु आवश्यक छ । तर हामीले चाहना राख्दैमा सबै कुरा स्वतः हुने होइन । गहिरो प्रेमसम्बन्धको माझमा फुलेको भन्दैमा विशेष ध्यान दिइएन भने कृपा र दिवाकरको सम्बन्धले पनि सधैँ यौनसुख प्राप्तिको सुनिश्चितता प्रदान गर्न सक्दैन ।
यसको एक प्रमुख कारण दम्पती वा यौनजोडीले यौनसम्बन्धलाई लिंग-योनिबीचको यौनसम्पर्कमा मात्र सीमित गर्ने पनि हो । यसो हुँदा कतिपय दम्पतीले चाहँदाचाहँदै पनि पाउनुपर्ने यौनसुखबाट वञ्चित हुनुपर्ने मात्र होइन त्यसको दीर्घकालीन असरहरू पनि झेल्नुपर्ने हुन्छ । त्यसैले यौनसम्बन्धलाई लिंग-योनि यौनसम्पर्कमा मात्र केन्द्रित नगरी पर्याप्तरुपमा प्राक्क्रीडामा संलग्न रहन सके यौनसुखलाई बढाउन सकिन्छ । [Read this entry »]

Comments(17)

